मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो तथा सिलिन्डर वितरण

भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो तथा सिलिन्डर वितरण

images
२०८३ आश्विन १० गते, शनिवार
२०८३ आश्विन १० गते, शनिवार
  • काठमाडौं। आम जनता पार्टी (आजपा) निकटको आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ।

    images

    नुवाकोटको विदुरमा रहेका भोटेकोशी बाढीपीडितलाई मोर्चाले ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको हो।

    images

    मोर्चाका नेता एवं गुजरा नगरपालिका-५ का वड़ाध्यक्ष शेख जमालूदीनको अगुवाईमा सयौं पीडित परिवारलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरिएको मोर्चाका केन्द्रीय अध्यक्ष लालबाबु मन्सुरीले जनाएका छन्।

    रौतहटको गुजरा नगरपालिका वडा नं. ५ का निर्वाचित वडाध्यक्ष शेख जमालुदिनको नेतृत्वमा, मुस्लिम अगुवा समाजसेवी फारूक सेठ र शेख इर्शादको सहयोगमा सो राहत सामाग्री वितरण गरिएको हो मन्सुरीले बताए।

    आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले रौतहट-३ मा ग्यास चुल्हो तथा सिलिन्डर वितरण शुरू गरेका थिए। सोही कार्यबाट प्रभावित भई मोर्चाले पीड़ितको माग अनुसार यस्तो राहत सामग्री उपलब्ध गराएको हो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend