मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौँको फोहोर ढुवानी रोकियो, घरबाट बाहिर फोहोर ननिकाल्न महानगरको सूचना

काठमाडौँको फोहोर ढुवानी रोकियो, घरबाट बाहिर फोहोर ननिकाल्न महानगरको सूचना

images
२०८३ आश्विन ९ गते, शुक्रवार
२०८३ आश्विन ९ गते, शुक्रवार
  • काठमाडौँ। काठमाडौँ महानगरपालिकाले केही समय घरबाट बाहिर फोहोर ननिकाल्न महानगरवासीलाई आग्रह गरेको छ।

    images

    शुक्रबार एक सूचना जारी गर्दै महानगरपालिकाले लगातार भइरहेको वर्षाका कारण फोहोर ढुवानी गर्ने सडक तथा ल्याण्डफिल साइटमा माथिबाट लेदो तथा माटो खसिरहेका कारण फोहोर ढुवानी तथा विसर्जनमा असहजता उत्पन्न भएको जनाएको छ।

    images

    महानगरपालिकाले विषम परिस्थितिका कारण केही समयका लागि फोहोर संकलन तथा ढुवानीको कार्य प्रभावित हुन सक्ने भन्दै महानगरवासी, घरधनी, व्यवसायी तथा सम्बन्धित सबैमा सहयोग गर्न अनुरोध गरेको हो।

    महानगरपालिकाले यस अवधिमा घर, पसल, व्यवसाय तथा कम्पाउन्डबाट निस्कने फोहोर सडक, चोक, सार्वजनिक स्थल, खुला स्थान, खोला–नाला वा अन्य स्थानमा नफाल्न आग्रह गरेको छ।

    नियमित फोहोर संकलन हुन नसक्ने अवधिसम्म सम्भव भएसम्म फोहोरलाई आफ्नै घर वा परिसरभित्र सुरक्षित रूपमा राख्न महानगरले अनुरोध गरेको छ। साथै सड्ने, जैविक र नसड्ने फोहोरलाई छुट्याएर सुरक्षित व्यवस्थापन गर्न पनि आग्रह गरिएको छ।

    सूचनामार्फत महानगरले सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्दा सडक अवरुद्ध हुनुका साथै वर्षाको पानीको निकासमा समेत बाधा पुग्न सक्ने भएकाले विशेष सावधानी अपनाउन भनेको छ।

    वर्षा तथा ल्याण्डफिल साइटको अवस्था सामान्य हुनासाथ फोहोर संकलन तथा ढुवानी सेवा नियमित रूपमा सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend