मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

दोभान बजारका आगलागी प्रभावित १७ परिवारलाई रेडक्रसको सहयोग

दोभान बजारका आगलागी प्रभावित १७ परिवारलाई रेडक्रसको सहयोग

images
२०८३ आश्विन ९ गते, शुक्रवार
२०८३ आश्विन ९ गते, शुक्रवार
  • ताप्लेजुङ। नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ जिल्ला शाखाले जिल्लाको दोभान बजारका आगलागी प्रभावित १७ परिवारलाई गैरखाद्य राहत सामग्री उपलब्ध गराएको छ।

    images

    मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजारमा बिहीबार दिउँसो आगलागी भएको थियो।आगलगागीबाट १० घर पूर्ण रूपमा क्षति भएको छ भने १७ घरपरिवारहरू विस्थापित भएका छन्। 

    images

    आगलागी भएलगत्तै ताप्लेजुङ जिल्ला शाखाले प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री वितरण गरेको हो।

    जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विन्देश्वर यादवका अनुसार आगलागीबाट किराना पसल, भाँडावर्तन, लत्ता कपडाका पसलका सामान, अलैँची र घरहरु जलेर ध्वस्त हुँदा १४ करोड ५६ रुपियाँ मूल्य बराबरको क्षति भएको हो।

    आगलागीबाट पसलका सामानहरु र घर सहितका संरचना जलेर नष्ट हुनुका साथै केही नगदसमेत जलेको थियो।

    दोभान बजारका स्थानीय लाक्पाचुङ शेर्पा (डण्डु) को घरबाट आगलागी सुरु भएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend