मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भक्तपुरका नदी आसपास क्षेत्रमा `माइकिङ´

भक्तपुरका नदी आसपास क्षेत्रमा `माइकिङ´

images
२०८३ आश्विन ८ गते, बिहिवार
२०८३ आश्विन ८ गते, बिहिवार
  • भक्तपुर। लगातार वर्षा हुन थालेपछि प्रहरीले भक्तपुरका नदी आसपासका क्षेत्रमा माइकिङ गर्दै स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ।

    images

    बाढीको जोखिम बढेसँगै मनोहरा, हनुमन्तेलगायत नदी आसपासका क्षेत्रमा सुरक्षाकर्मीले माइकिङ गरेर स्थानीयलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्।

    images

    जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मुलुकका अधिकांश भागमा चार दिनसम्म भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेको छ। सोहीअनुसार बुधबार रातिदेखि काठमाडौं उपत्यकामा लगातार वर्षा भइरहेको छ।

    सम्भावित बाढी, पहिरो तथा डुबानबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरले स्थानीय तह, रेडक्रस, सडक विभाग, अस्पताललगायत सरोकारवाला निकायसँग बैठकसमेत गरेको छ।

    प्रमुख जिल्ला अधिकारी विनोद खड्काका अनुसार बाढी तथा पहिरोको जोखिममा रहेका स्थानका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै माइकिङ गरिएको हो। सम्भावित जोखिमलाई ध्यानमा राख्दै खुला स्थानको पहिचान तथा उद्धार सामग्रीको व्यवस्थापनसमेत गरिएको उनले जानकारी दिए।

    सशस्त्र प्रहरी बल नेपाल, २२ नं. गण हेडक्वार्टर गुहेश्वरी, भक्तपुरमार्फत नदी आसपासका क्षेत्रमा माइकिङ गरिएको सशस्त्र प्रहरी उपरीक्षक बासुदेव महतले जानकारी दिए।

    सूर्यविनायक नगरपालिकाले पनि नदी आसपासका क्षेत्रमा माइकिङ गर्दै स्थानीयलाई सुरक्षित रूपमा बस्न र जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ।

    नगरपालिकाले यसअघि नै सार्वजनिक सूचना जारी गरी वर्षाका कारण हुनसक्ने जोखिमबाट जोगिन सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरिसकेको प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिएका हुन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend