काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिका-५ को आयोजना तथा स्वास्थ्य शाखाको समन्वयमा प्रजनन स्वास्थ्य र मेनोपज सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ।
नगर उपप्रमुख शान्ता थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कागेश्वरी मनोहरा नगर अस्पतालका डा. सुप्रिया पाण्डे (Gynaecologist)र डा. दीपा खड्का(Gynaecologist)ले प्रजनन स्वास्थ्य, महिनावारी स्वास्थ्य, सुरक्षित मातृत्व तथा महिलाको स्वास्थ्यसँग सम्बन्धित विभिन्न विषयमा प्रशिक्षण प्रदान गरेका थिए।
कार्यक्रममार्फत सहभागीहरूले प्रसुतिसम्बन्धि जिज्ञासालाई चासोका साथ उठाएका थिए भने चिकित्सकमार्फत जिज्ञासाको सम्बोधन गरिएको थियो।
अन्तरक्रियात्मक शैलीमा आयोजना गरिएको कार्यक्रममा हर्मोन सम्बन्धि विकास, यसका लक्षण, स्वास्थ्यमा पार्ने असर र उपचार सम्बन्धि विषयलाई समेत सम्बोधन गरिएको थियो। कार्यक्रम निकै प्रभावकारी, ज्ञानवर्धक र उपलब्धिमूलक भएको सहभागिहरुले बताएका छन्।
कार्यक्रममा स्थानीय महिलाहरूको उत्साहजनक तथा सक्रिय सहभागिता रहेको नगरपालिकाले जनाएको छ। असोज ४ गतेदेखि आयोजना गरिएको कार्यक्रम ६ गतेसम्म गरि तीन दिन संचालन गरिएको थियो।




