मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौँ उपत्यकामा `सडक एम्बुलेन्स´ सेवा

काठमाडौँ उपत्यकामा `सडक एम्बुलेन्स´ सेवा

images
२०८३ आश्विन ७ गते, बुधवार
२०८३ आश्विन ७ गते, बुधवार
  • काठमाडौँ। सडक डिभिजन कार्यालय काठमाडौंले काठमाडौँ उपत्यकाका खाल्डाखुल्डी सडक तत्काल मर्मत गर्ने गरि `सडक एम्बुलेन्स´ संचालनमा ल्याएको छ।

    images

    कार्यालयले मोबाइल एपमार्फत प्राप्त सूचनाका आधारमा सडकका खाल्डाखुल्डी तथा पटहोल तत्काल मर्मत गर्ने उद्देश्यले २४सै घण्टा सञ्चालन हुने गरि ‘सडक एम्बुलेन्स सेवा’ सुरु गरेको हो। यो सेवा काठमाडौँ महानगरपालिकाले भने यसअघि नै संचालनमा ल्याएको थियो।

    images

    सडक डिभिजन काठमाडौँले उक्त सेवाबारे मंगलबार सहरी विकास मन्त्रालयमा छलफल आयोजना गरेको थियो। छलफलमा काठमाडौ-७ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद गणेश पराजुली र काठमनिधि-४ बाट निर्वाचित सांसद पुकार बम लगायत सहभागी थिए।

    छलफलका क्रममा सांसद पराजुलीले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत सानो भर्‍याङस्थित काठमाडौँ महानगरपालिका–१५ र नागार्जुन नगरपालिका–२ को सिमानामा रहेको दोबाटोको सडकमा परेको खाल्डो मर्मतका लागि फोटो र लोकेसनसहित एपमार्फत अनुरोध गरेको जानकारी गराए।

    उक्त एपमा अनुरोध प्राप्त भएको केही दिनमा सडक एम्बुलेन्सको टोलीले उक्त स्थानमा पुगेर खाल्डो मर्मत गरी कालोपत्रेसमेत सम्पन्न गरेको सडक डिभिजन कार्यालयले जनाएको छ।

    हाल यो सेवा काठमाडौँ उपत्यकाभित्र सडक डिभिजनको क्षेत्राधिकारमा रहेका सडकमा परीक्षणका रूपमा सञ्चालन भइरहेको छ।

    परीक्षण सफल भएसँगै स्थानीय, प्रदेश र संघीय सरकारका सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गरी यस सेवालाई देशभर विस्तार गर्ने लक्ष्य राखिएको छ।

    उक्त एपमा गुनासो दर्तादेखि मर्मत सम्पन्न हुँदासम्मको प्रगति नागरिकले हेर्न सक्ने व्यवस्था विकास गरिएको कार्यालयले जनाएको छ। जसले सेवाको प्रभावकारिता, पारदर्शिता र जवाफदेहिता अझ बढ्ने अपेक्षा गरिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend