मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

गण्डकी प्रदेशको पोखरामा `आरआरटी´ क्षमता अभिवृद्धि तालिम

गण्डकी प्रदेशको पोखरामा `आरआरटी´ क्षमता अभिवृद्धि तालिम

images
२०८३ आश्विन ६ गते, मंगलवार
२०८३ आश्विन ६ गते, मंगलवार
  • पोखरा। स्वास्थ्य सेवा विभाग ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजनामा पोखरामा द्रुत प्रतिकार्य टोली (RRT) को क्षमता अभिवृद्धि तालिम शुरु भएको छ।

    images

    गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको समन्वय तथा STRIDES आयोजनाको सहयोगमा सोमबारदेखि द्रुत प्रतिकार्य टोली (RRT) को क्षमता अभिवृद्धि तालिम शुरु भएको हो।

    images

    प्रादेशिक रोग नियन्त्रण केन्द्रका महानिर्देशक मनमोहन मिश्रको अध्यक्षता तथा प्रमुख जनस्वास्थ्य प्रशासक तथा महानिर्देशक खिम बहादुर खड्काको उपस्थितिमा शुरु तालिममा गण्डकीका चार स्थानीय तहका प्रतिकार्य सदस्यहरु सहभागि छन्।

    तालिममा सरकारले प्राथमिकताका साथ सबै स्थानीय तहका आरआरटीको क्षमता अभिवृद्धिका लागि कार्यक्रम संचालन गर्नु पर्नेमा सहभागीहरुले जोड दिएका छन्। 

    तालिममा गण्डकी प्रदेशका घरपजोङ् गाउँपालिका, वालिङ् नगरपालिका, गैंडाकोट नगरपालिका र आवुखैरेनी गाउँपालिकाका प्रतिकार्य सदस्यहरुको सहभागिता छ। तालिम असोज ९ गतेसम्म सञ्चालन हुनेछ। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend