मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

१५ वटा निजी अस्पतालमध्ये किष्ट अस्पताल स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट

१५ वटा निजी अस्पतालमध्ये किष्ट अस्पताल स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट

images
२०८३ आश्विन ५ गते, सोमवार
२०८३ आश्विन ५ गते, सोमवार
  • ललितपुर। जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्याङ्क व्यवस्थापन तथा विभिन्न स्वास्थ्य सेवा सूचकमा उत्कृष्ट कार्यसम्पादन गरेको जनाउँदै किष्ट शिक्षण अस्पताललाई सम्मानपत्र प्रदान गरेको छ।

    images

    जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा.खगेश्वर गेलालले वार्षिक समीक्षाका क्रममा निर्धारित विभिन्न स्वास्थ्य सेवा सूचकका आधारमा अस्पतालको सेवा प्रवाह तथा कार्यसम्पादन मूल्याङ्कन गरिएको जानकारी दिए ।

    images

    जनस्वास्थ्य कार्यालयले आज आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्याङ्क प्रस्तुतीकरण तथा समीक्षा कार्यक्रममा किष्ट शिक्षण अस्पतालले जिल्लाका निजी अस्पतालमध्ये प्रथम स्थान हासिल गरेको जानकारी दिइयो ।

    कार्यक्रममा जिल्लाअन्तर्गतका १५ वटा निजी अस्पताल सहभागी भएका थिए। त्यस अवसरमा सहभागी अस्पतालले वर्षभरि प्रवाह गरेका विभिन्न स्वास्थ्य सेवासम्बन्धी तथ्याङ्क प्रस्तुतका साथै वार्षिक सेवा प्रवाहको समीक्षा गरिएको थियो।

    किष्ट शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा.अभिषेक थापाका अनुसार गुणस्तरीय स्वास्थ्य सेवा, प्रभावकारी स्वास्थ्य सेवा व्यवस्थापन तथा तथ्यमा आधारित सेवा प्रणालीलाई प्राथमिकता दिँदै आएको प्रयासको महत्वपूर्ण मान्यता प्राप्त भएको प्रतिक्रिया दिए।

    उक्त उपलब्धिले स्वास्थ्य सेवा क्षेत्रमा अस्पतालको प्रतिबद्धता र कार्यसम्पादनलाई थप सुदृढ बनाएको उनले बताए। अस्पतालले आगामी दिनमा पनि गुणस्तरीय, विश्वसनीय तथा सेवाग्राहीमैत्री स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

    विसं. २०६२ देखि ग्वार्कोमा किष्ट शिक्षण अस्पतालका रुपमा सञ्चालनमा छ। उक्त अस्पतालले जटिल तथा गम्भीर स्वास्थ्यका बिरामीका लागि विशेषज्ञ चिकित्सकीय सेवा, उन्नत प्रविधि तथा आधुनिक उपचार सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend