काठमाडौँ। नेपाल रेडक्रस सोसाइटीले धादिङमा बाढी प्रभावितलाई नगद तथा भौचर सहायतासम्बन्धी छलफल उपलब्ध गराउने विषयमा धादिङका प्रभावित परिवारसँग छलफल गरेको छ।
बाढी प्रभावित जिल्ला धादिङमा अस्थायी शिविरमा बसोबास गरिहेका परिवारको तत्कालीन आवश्यकता परिपूर्ति गर्न नगद तथा भौचर सहायता उपलब्ध गराउने विषयमा रेडक्रसको टोलीले छलफल गरेको हो।
स्थानीय प्रतिनिधिसमेतको सहभागितामा भएको छलफलमा प्रभावित परिवारको आवश्यकता र प्राथमिकताका आधारमा सहायता उपलब्ध गराउने विषयमा सुझाव सङ्कलन गरिएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ।
वडासँगको समन्वय र सहमतिअनुसार गजुरी र गल्छी गाउँपालिकाका करिब ६०० परिवारलाई नगद तथा भौचर सहायता उपलब्ध गराउने सहमति भएको छ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि धादिङमा ठूलो संख्यामा मानिसहरू प्रभावित भएका छन्। उनीहरू मध्ये केही अस्थायी शिविरमा बस्दै आएका छन् भने केही अझै आफन्तकोमा छन्।



