मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

`ब्लड बैंक´ स्थापना गर्दै कागेश्वरी मनोहरा नगर अस्पताल

`ब्लड बैंक´ स्थापना गर्दै कागेश्वरी मनोहरा नगर अस्पताल

images
२०८३ आश्विन ४ गते, आइतवार
२०८३ आश्विन ४ गते, आइतवार
  • काठमाडौँ। काठमाडौँको कागेश्वरी मनोहरा नगर अस्पतालले आफ्नै ब्लड बैंक स्थापना गर्ने तयारी गरेको छ।

    images

    अस्पतालले सेवा विस्तारसँगै स्वास्थ्य सेवा थप व्यवस्थित, सुविधासम्पन्न र नागरिकमैत्री बनाउने पहल अघि बढाएको हो। 

    images

    कागेश्वरी मनोहरा नगर अस्पतालले आफ्नै ब्लड बैंक स्थापना गर्ने तयारी अघि बढाएको नगर प्रमुख उपेन्द्र कार्कीले जानकारी दिए।

    आपत्कालीन अवस्था, दुर्घटना, शल्यक्रिया तथा उपचारका क्रममा आवश्यक पर्ने रगत सहज रूपमा उपलब्ध गराउने उद्देश्यले ब्लड बैंक स्थापना गर्न लागिएको नगरप्रमुख कार्कीको भनाइ छ।

    “नागरिकको स्वास्थ्य, नगरको प्राथमिकता” भन्ने भावनाका साथ नगर अस्पतालको सेवा तथा पूर्वाधार विस्तारलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ।

    अस्पताल भित्रै ब्लड बैंक स्थापना हुँदा कागेश्वरी मनोहराका नगरवासीले रगत लिन अन्यत्र धाउनु पर्ने समस्याको अन्त्य हुनेछ।

    नगर प्रमुख कार्कीले यसै बर्ष रेडक्रसको भवन पनि बनाउने प्रतिबद्दता व्यक्त गएका छन्। त्यसका लागि बजेट विनियोजन गरिसकेकोसमेत उनले जानकारी दिएका छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend