मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले सुरु गर्यो ६ नयाँ रुटमा सेवा, कहाँकहाँ पर्छ रुट?

काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले सुरु गर्यो ६ नयाँ रुटमा सेवा, कहाँकहाँ पर्छ रुट?

images
२०८३ आश्विन ४ गते, आइतवार
२०८३ आश्विन ४ गते, आइतवार
  • काठमाडौँ। काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसमार्फत ६ नयाँ रुटमा रात्रिकालीन यातायात सेवा संचालनमा आएको छ।

    images

    काठमाडौँ महानगरपालिकाको पहलमा शनिबादेखि उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरलाई जोड्ने गरि रात्रिकालीन यातायात सेवासंचालनमा ल्याइएको हो। रात्रिकालीन यातायात सेवाका लागि साझा यातायातका २८ वटा बसले सेवा दिने छन्।

    images

    रात्रिकालीन यातायात सेवा सञ्चालनका लागि काठमाडौं महानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुनिता डंगोलको पहलमा अन्तर नगर सहकार्य, समन्वय र साझेदारि भएको थियो। त्यसपछि साझा यातायातका २८ वटा विद्युतीय बसबाट उपत्यकाको उत्तर दक्षिण र पूर्व पक्षिम दुवै भागलाई जोड्ने गरी सेवा थालनी गरिएको हो।

    जसअनुसार गोदावरीदेखि बुढानीलकण्ठसम्म ६ वटा, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म ६ वटा, एअरपोर्टदेखि चन्द्रागिरीको नागढुङ्गासम्म ४ वटा बस, कीर्तिपुरदेखि काठमाडौँको नयाँ सडक नेपाल बायु सेवा निगमसम्म ४ वटा र चक्रपथमा दुईतर्फी फन्को लगाउन ८ वटा बस सञ्चालन गरिएको छ।

    साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालका अनुसार गत वैशाख १ गतेदेखि सुरु भएको रात्रिकालीन सेवा हाल दुईवटा रुटमा सीमित थियो।

    चक्रपथमा यातायात सेवा प्राप्त भएपछि एक ठाउँमा बस परिवर्तन गर्दा सेवा सञ्चालन गरेका हरेक ठाउँमा पुग्न सकिनेछ। यसरी यात्रा गर्दा अधिकतम ८० रुपियाँ भाडा लाग्नेछ। सेवा राति ८ बजेदेखि १२ बजेसम्म सञ्चालन हुनेछ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend