मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बागमतीमा मुख्यमन्त्रीलाई समस्या राख्न ‘हेलो सिएम’

बागमतीमा मुख्यमन्त्रीलाई समस्या राख्न ‘हेलो सिएम’

images
२०८३ आश्विन २ गते, शुक्रवार
२०८३ आश्विन २ गते, शुक्रवार
  • हेटौंडा। बागमती प्रदेश सरकारले सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने गरी ‘हेलो सिएम’ सेवा सञ्चालनमा ल्याएको छ। 

    images

    प्रदेशका नागरिकले आगामी दिनमा प्रदेश सरकारसँग सम्बन्धित कुनै पनि गुनासो, सुझाव, समस्या तथा आवश्यक जानकारी ‘हेलो सिएम’ मा राख्न सक्ने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ।

    images

    प्रदेश सरकारले नागरिकका समस्या, गुनासो तथा सुझावहरूलाई प्रत्यक्ष रूपमा सुनुवाइ गर्ने उद्देश्यले यो सर्या संचालनमा ल्याएको हो। ‘हेलो सिएम’ (गुनासो व्यवस्थापन तथा नागरिक संवाद) ले सरकारको सेवालाई थप प्रभावकारी र सहज बनाउने सरकारको दावी छ।

    नागरिकले घरमै बसेर निःशुल्क तथा प्रविधिको प्रयोगमार्फत गुनासो सरकारसमक्ष पुर्‍याउनका लागि टोल फ्री नं १६६०५७५२८९८, ह्वाट्सयाप नं ९८५५०९१४५६, इमेल ठेगाना ocmcm@bagamati.gov.np वा अनलाइनमार्फत आधिकारिक ब्यानरमा दिइएको क्यूआर कोड स्क्यान गरेर सम्बन्धित प्रणालीमा पुग्न सकिने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend