काठमाडौँ। पृथ्वी राजमार्गको कृष्णभीर सडकखण्डमा सबै प्रकारका सवारी साधन आजदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएकाे छ।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीका कारण सडक बगाएर क्षतिग्रस्त बनेपछि कृष्णभीर सडकखण्ड दुई तर्फनै अबरुद्ध बनेको थियो। सडक भासिएर बगाएपछि नयाँ ट्र्याक खोलेर १८ दिनपछि सडक संचालनमा ल्याइएको हो।
नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का इन्जिनियर धीरज ढकालले नयाँ ट्र्याक खोलेर सबै काम सकिएपछि आजदेखि सडक सञ्चालनमा ल्याइएको जानकारी दिए। त्रिशुलीले सडक कटान गरेर करिब १०० मिटर सडक क्षतिग्रस्त बनाएको थियो।



