बाजुरा। नेपाल रेडक्रस सोसाइटी बाजुरा जिल्ला शाखाले पहिरो प्रभावित जिल्लाका ५९ परिवारलाई वहुउद्धेश्यिय नगद सहयोग हस्तान्तरण गरेको छ।
गत साउन २८ गते बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नं ९ ताम्सुमा गएको पहरोबाट प्रभावित बनेका परिवारहरूलाई जीवन यापनको सहजताका लागि प्रति परिवार रु १५ हजार प्रदान गरेको हो।
सुरक्षित नेपाल परियोजनामा रहेको (Quick Action Fund –QAF) मार्फत सो सहयोग रकम उपलब्ध गराइएको रेडक्रस बाजुराले जनाएको छ।
बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्ण वहादुर थापा, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनी, सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक मोहन वहादुर केसी, राष्ट्रिय अनुसन्धानका कविन्द्र भण्डारी, नेपाल रेडक्रस सोसाइटी बाजुरा जिल्ला शाखाका सभापति मेखराज जोशीलगायत जिल्ला शाखाका पदाधिकारी एवं त्रिवेणी न.पा. ९ का वडाअध्यक्ष नन्द वहादुर थापालगायतको उपस्थितिमा सो सहयोग वितरण गरिएको थियो। उक्त रकम प्रभावितहरूको बैंक खातामार्फत उपलब्ध गराइएको हो।



