मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मधेश यात्राले शिक्षा सुधारका लागि महत्वपूर्ण सुझाव दिएको छ : मन्त्री पोखरेल

मधेश यात्राले शिक्षा सुधारका लागि महत्वपूर्ण सुझाव दिएको छ : मन्त्री पोखरेल

images
२०८३ भाद्र २८ गते, आइतवार
२०८३ भाद्र २८ गते, आइतवार
  • सप्तरी। शिक्षा तथा खेलकुद मन्त्री सस्मिता पोखरेलले मधेश यात्राका क्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा समुदायबाट प्राप्त सुझाव र अनुभवले आगामी शिक्षा ऐन तथा राष्ट्रिय पाठ्यक्रम निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने बताएका छन्।

    images

    भदौ २६ गते बिहान धनुषाबाट सुरु भएको मधेश यात्रा सप्तरीको महावीर माध्यमिक विद्यालयमा पुगेर सम्पन्न भएपछि मन्त्री पोखरेलले यात्राका क्रममा काठमाडौंमा बसेर कहिल्यै नसुनिएका समस्या प्रत्यक्ष रूपमा सुन्ने तथा विद्यार्थी, अभिभावक, शिक्षक र समुदायबाट महत्वपूर्ण सुझाव प्राप्त गर्ने अवसर मिलेको बताएका हुन्।

    images

    यात्राका क्रममा मधेशमा गुणस्तरीय इन्जिनियरिङ शिक्षाको ठूलो आवश्यकता रहेको थप स्पष्ट भएको मन्त्री पोखरेलले बताएका छन्।

    त्यस्तै, कृषि शिक्षा तथा कृषि कलेजको आवश्यकता पनि अत्यन्तै महत्वपूर्ण रहेको उनले उल्लेख गरेका छन्।

    बर्दिबासमा निर्माण हुने मेडिकल कलेजको प्रस्तावित स्थलमा पुगेर स्थानीयवासीसँग भेटघाट तथा अन्तरक्रिया गर्ने अवसरसमेत प्राप्त भएको उनले बताएका छन्।

    मधेश यात्राका क्रममा प्राप्त आवाज, अनुभव र सुझावलाई तथ्य तथा प्रमाणमा आधारित दस्तावेजका रूपमा समेटिने मन्त्री पोखरेलले बताएका हुन्।

    वास्तविक समस्या र आवश्यकतालाई बुझेर नीति निर्माण गर्ने प्रयासअन्तर्गत गरिएको यात्राबाट प्राप्त सुझावले आगामी शिक्षा ऐनलगायतका कानुन तथा नयाँ राष्ट्रिय पाठ्यक्रम निर्माणमा ठोस सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।

    मधेश यात्रा सम्पन्न भएपछि आफूहरू पूर्वाञ्चल विश्वविद्यालयको भ्रमणका लागि अघि बढिरहेको र त्यसपछि काठमाडौं फर्किने मन्त्री पोखरेलले जानकारी दिएका छन्।

    यात्रामा साथ, सहयोग र समय दिने सम्पूर्ण माननीयहरू, मन्त्रालयका कर्मचारी, राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू, शिक्षक, विद्यार्थी, अभिभावक, समुदायका प्रतिनिधि तथा सम्पूर्ण मधेशवासीप्रति उनले धन्यवादसमेत व्यक्त गरेका छन्।

    “मधेशले धेरै कुरा सुनायो। अब ती आवाजलाई नीतिमा समेट्ने जिम्मेवारी हाम्रो हो,” मन्त्री पोखरेलले भ्रमणपछि भने।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend