मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

१५ स्थानीय तहका बाढी प्रभावित परिवारलाई बसोवासका लागि तत्काल राहत उपलब्ध गराउन पत्राचार

१५ स्थानीय तहका बाढी प्रभावित परिवारलाई बसोवासका लागि तत्काल राहत उपलब्ध गराउन पत्राचार

images
२०८३ भाद्र २७ गते, शनिवार
२०८३ भाद्र २७ गते, शनिवार
  • काठमाडौँ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीपछि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका पाँच जिल्लाका १५ स्थानीय तहका प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ।

    images

    प्राधिकरणले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहका प्रभावित परिवारहरुलाई बसोबास र जीविकोपार्जनका लागि तत्काल राहत उपलब्ध गराउन शनिबार सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको हो।

    images

    नेपाल सरकार, मन्त्रिपरिषद्‌को भदौ २५ गते बिहीबारको बैठकको निर्णयअनुसार प्राधिकरणले आज सबै जिल्ला प्रशासन कार्यालयमा पत्रचार गरिएको जनाएको छ।

    बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखा जिल्लाका १५ स्थानीय तहमा ४ जनासम्मको सदस्य सङ्ख्या भएका परिवारलाई प्रति परिवार प्रति महिना १५ हजार रुपैयाँ र सोभन्दा बढी सदस्य भएको परिवारको लागि प्रति सदस्य थप दुई हजार रुपैयाँ प्रति महिना प्रदान गर्न पत्रमा भनिएको छ।

    ती स्थानीय तहका पूर्णरुपले क्षति भई वसोवास अयोग्य निजी आवासका प्रभावित परिवारहरुले होल्डिङ सेन्टरमा नबसी निजी ढङ्गले अस्थायी बसोबास व्यवस्थापन गर्न चाहने परिवारले मात्र वैकल्पिक बसोबासको व्यवस्था नहुन्जेलसम्म ६ महिनासम्मका लागि यस्तो रकम पाउनेछन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend