मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नोबेल अस्पतालद्वारा जिल्ला प्रहरी कार्यालय मोरङलाई कल रेकर्डिङ उपकरण सहयोग

नोबेल अस्पतालद्वारा जिल्ला प्रहरी कार्यालय मोरङलाई कल रेकर्डिङ उपकरण सहयोग

images
२०८३ भाद्र २४ गते, बुधवार
२०८३ भाद्र २४ गते, बुधवार
  • विराटनगर। नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले जिल्ला प्रहरी कार्यालय, मोरङलाई कल रेकर्डिङ उपकरण हस्तान्तरण गरेको छ।

    images

    सेवाग्राहीप्रति थप प्रभावकारी, पारदर्शी तथा उत्तरदायी सेवा प्रवाह गर्ने उद्देश्यले सो उपकरण हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ।

    images

    सेवासम्बन्धी फोन संवादलाई व्यवस्थित तथा अभिलेखयोग्य बनाउँदै सेवा प्रवाहमा पारदर्शिता र उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले उक्त उपकरण हस्तान्तरण गरिएको हो।

    उपकरणको प्रयोगबाट सेवाग्राहीसँग हुने फोन संवादलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्न तथा आवश्यक अवस्थामा संवादको अभिलेख सुरक्षित राख्न सहयोग पुग्ने विश्वास गरिएको छ।

    कल रेकर्डिङ उपकरणको प्रयोगले जिल्ला प्रहरी कार्यालय, मोरङको सेवा प्रवाहमा थप सहजता, समन्वय तथा प्रभावकारिता अभिवृद्धि हुने अपेक्षा गरिएको अस्पतालले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend