रुपन्देही। लुम्बिनीमा गत वर्षको जेनजी आन्दोलनका सहिद तथा गत भाद्र १० गते रसुवा, नुवाकोट लगायतका क्षेत्रमा आएको भिषण बाढी-पहिरोमा ज्यान गुमाएका र प्रभावितहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ।
`यूथ कांग्रेस नेपाल´ लुम्बिनी प्रदेशको आयोजनामा मंगलबार लुम्बिनीमा प्रज्वलन कार्यक्रम आयोजना गरिएको हो।
यूथ कांग्रेस नेपाल लुम्बिनी प्रदेशका प्रवक्ता कुशल न्यौपानेले संयोजन गरेको सो कार्यक्रममा गत वर्षको जेनजी आन्दोलनका शहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै गत भाद्र १० गते आएको बाढी तथा पहिरोमा परी ज्यान गुमाएका व्यक्तिहरुप्रति शोक व्यक्त गरिएको थियो।
कार्यक्रममार्फत विपदमा परेर सम्पर्कविहीन रहेका व्यक्तिहरूको सकुशल खोजी तथा उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ होस् भन्ने कामना गरिएको यूथ कांग्रेस लुम्बिनी प्रदेश संयोजक सन्तोष भण्डारीले बताए।
कार्यक्रममा लुम्बिनी प्रदेशका बिभिन्न जिल्लाका युवाहरू किरण तिवारी, मनोज बेलबासे, यूथ कांग्रेस नेपाल रुपन्देहीका संयोजक हस्नुद्दीन जोलाहा तथा लुम्बिनी परिसरका भिक्षुहरूको उपस्थिति रहेको थियो।
यूथ कांग्रेस नेपाल लोकतन्त्रलाई सुदृढ र संस्थागत गर्ने अभियानका रूपमा अघि बढिरहेको आन्दोलन हो।



