मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नुवाकोटका बाढीपीडितको पुनर्स्थापनाका लागि स्थानीय प्रतिनिधिसँग मन्त्री रावलले गरिन छलफल

नुवाकोटका बाढीपीडितको पुनर्स्थापनाका लागि स्थानीय प्रतिनिधिसँग मन्त्री रावलले गरिन छलफल

images
२०८३ भाद्र १८ गते, बिहिवार
२०८३ भाद्र १८ गते, बिहिवार
  • नुवाकोट। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावित स्थानीय तह विदुर र बेलकोटगढी नगरपालिकाका प्रभावितहरूको अबस्था बुझ्न, अस्थायी र स्थायी पुनःस्थापनाका विषयमा सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतसँग प्रत्यक्ष छलफल गरेकी छिन्।

    images

    बिहिवार मन्त्री रावल नुवाकोटको विदुर पुगेर नगरपालिकाका प्रमुख तथा उपप्रमुख, वडा अध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायत सरोकारवालासँग बाढीबाट प्रभावित नागरिकको अवस्था, होल्डिङ सेन्टरमा रहेका नागरिकहरुको व्यवस्थापन, अस्थायी तथा स्थायी पुनर्स्थापना र भूमिहीनहरूको दीर्घकालीन व्यवस्थापन लगायतका विषयमा छलफल गरेकी हुन्।

    images

    छलफलका क्रममा मन्त्री रावलले बाढी प्रभावित परिवारको  दीर्घकालीन व्यवस्थापन तथा पुनर्स्थापनाका लागि संघीय सरकारका तर्फबाट आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन।

    तत्कालीन राहतसँगै प्रभावित परिवारको सुरक्षित र दीर्घकालीन व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिने उनको भनाइ थियो।

    त्यसैगरी, मन्त्री रावलले पालिकाहरुलाई होल्डीङ सेन्टरमा रहेका व्यक्तिहरुको  विवरण यथाशीघ्र उपलब्ध गराईदिन पनि अनुरोध गरेकी छिन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend