मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौँ महानगरपालिकाले ४ वटा एम्बुलेन्स रसुवा पठायो, २ एम्बुलेन्स विमानस्थलमा

काठमाडौँ महानगरपालिकाले ४ वटा एम्बुलेन्स रसुवा पठायो, २ एम्बुलेन्स विमानस्थलमा

आवश्ययकता अनुसार औषधि पनि उपलव्ध गराउने

images
२०८३ भाद्र १० गते, बुधवार
२०८३ भाद्र १० गते, बुधवार
  • काठमाडौँ। काठमाडौँ महानगरपालिकाले ४ वटा एम्बुलेन्स रसुवातर्फ पठाएको छ।

    images

    बुधबार बिहान भोटेकोशी नदीमा आएको ठुलो आकस्मिक बाढीले रसुवाको टिमुरे तथा स्याफ्रुबेंसी लगायतका क्षेत्रमा जनधनको क्षती भएको छ। क्षतीको यकिन विवरण आइसकेको छैन।

    images

    बाशीको घटनापछि काठमाडौं महानगरपालिकाले आफ्ना ४ वटा एम्बुलेन्सलाई खोज तथा उद्धारका लागि रसुवा पठाएको हो। यस्तै अन्य २ एम्बुलेन्सलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा राखिएको छ।

    भोटेकोशी नदीमा आएको ठुलो आकस्मिक बाढीले रसुवाको टिमुरे तथा स्याफ्रुबेंसी लगायत रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा लगायतका क्षेत्रहरुमा जनधनको ठूलो क्षति भएको छ।

    सो अवस्था व्यवस्थापनका विषयमा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बुधबार महानगर विपद व्यवस्थापन समितिको बैठक बसेर आफ्नो भूमिकाको तयारीका विषयमा छलफल गर्दै आवश्यक सहयोग गर्ने निर्णय गरेको हो।

    बैठकले  प्रतिकार्य सञ्चालन गर्ने, समन्वय र सहजीकरणका लागि समितिका सदस्यसचिव एवम् विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपाललाई तोक्ने निर्णय गरेको छ।

    काठमाडौं महानगरपालिका अन्तर्गत कार्यरत चिकित्सक लगायतका स्वास्थ्यकर्मीहरुलाई परिचालन गर्ने र घाइते विरामीहरुका लागि आवश्ययकता अनुसार औषधि उपलव्ध गराउने समितिले निर्णय गरेको छ।

    महानगरपालिका आपतकालीन सञ्चालन केन्द्रमा मौज्दात रहेको विपद व्यवस्थापनमा प्रयोग हुने सामग्रीहरु आवश्यकता अनुसार प्रदान गरिनेछ। सामान तथा औषधि अपुग हुने देखिएमा विपद व्यवस्थापन कोषवाट खरिद गरेर उपलव्ध गराउने पनि समितिले निर्णय गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend