मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कैलाश मानसरोवर जान रसुवा पुगेका ४७ जना पर्यटक सम्पर्कविहीन

कैलाश मानसरोवर जान रसुवा पुगेका ४७ जना पर्यटक सम्पर्कविहीन

images
२०८३ भाद्र १० गते, बुधवार
२०८३ भाद्र १० गते, बुधवार
  • काठमाडौँ। कैलाश मानसरोवर यात्राका लागि रसुवा पुगेका ४७ जना पर्यटक सम्पर्कविहीन भएका छन्।

    images

    काठमाडौँमा रहेको हिमालयन ग्लेसियरमार्फत मङ्गलबार बेलुका रसुवाको नेपाल–चीन सीमाक्षेत्रमा पुगेका ४७ जना भोटेकोशी नदीमा बाढी आएलगत्तै सम्पर्कविहीन भएका हुन्। 

    images

    सम्पर्कविहीन हुनेमा १० जना नेपाली र ३७ जना विदेशी पर्यटक छन्। हिमालयन ग्लेसियरका सञ्चालक सागर पाण्डेले कैलाश मानसरोवरको यात्राका लागि रसुवागडी नाका पुग्नु भएका ४७ जना वेपत्ता भएको जानकारी दिए।

    वेपत्ता हुनेमा भारतीय मूलका अमेरिकी तथा क्यानडेली नागरिक र नेपाली पर्यटकहरु छन्। उनीहरुको खोज तथा उद्धारका लागि हेलिकोप्टरमार्फत घटनास्थलतर्फ जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफू पर्खिरहेको उनले बताएका हुन्।

    पाण्डेका अनुसार यात्रुहरू कैलाश जाने क्रममा मङ्गलबार रसुवाको सिमा क्षेत्र पुगेका थिए। आज बिहान चीन प्रवेश गर्न अध्यागमन क्षेत्रमा प्रवेश गरेकामा उनीहरू एक्कासी आएको बाढीमा वेपत्ता भएका हुन्।

    यात्रुहरूको अवस्था यकिन गर्न तथा सम्पर्क स्थापित गर्न प्रयास भइरहेको पाण्डेले जानकारी दिए। बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेसीलगायत क्षेत्रमा सडक तथा सञ्चार सम्पर्क प्रभावित भएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend