मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नुवाकोट तर्फ ६० घर बगाएको प्रारम्भिक अनुमान

नुवाकोट तर्फ ६० घर बगाएको प्रारम्भिक अनुमान

images
२०८३ भाद्र १० गते, बुधवार
२०८३ भाद्र १० गते, बुधवार
  • काठमाडौँ। रसुवामा चीनतर्फबाट आएको बाढीका कारण नुवाकोटको त्रिशूली बजार आसपासका करिब ६० घर बगाएको प्रारम्भिक अनुमान छ।

    images

    नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले हालसम्म मानवीय क्षतीको विवरण भने नआइसकेको जानकारी दिए।

    images

    बाढी आएको पूर्वसूचना पाएलगत्तै त्रिशूली नदी आसपासका स्थानीयहरु सुरक्षित स्थानमा गएकाले हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको उनले बताएका हुन्।

    उनका अनुसार क्षतिको विस्तृत विवरण आउन बाँकी छ। बाढीले त्रिशूली बजारका केही घर र त्रिशूली नदीमा रहेका दुईवटा पक्की पुल बगाएको छ।

    यसैगरी बाढीबाट त्रिशूली र देवीघाट जलविद्युत् आयोजना क्षतिग्रस्त भएको छ भने बाढीले २५ मेगावाट क्षमताको सौर्य प्लान्टको तीनवटा ब्लक र सबस्टेसन बगाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend