मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्कुल बसले अटोलाई ठक्कर दियो : दुई जनाको मृत्यु

स्कुल बसले अटोलाई ठक्कर दियो : दुई जनाको मृत्यु

images
२०८३ भाद्र ८ गते, सोमवार
२०८३ भाद्र ८ गते, सोमवार
  • उदयपुर। उदयपुरमा बसले अटोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। 

    images

    उदयपुरको बेलका नगरपालिका–५ की अन्दाजी ३४ वर्षीया मन्दिरा मगर र परिचय नखुलेकी एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

    images

    बसको ठक्करबाट गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले जानकारी दिए।

    आज बिहान मदनभण्डारी राजमार्गको बेल्टार–चतरा सडकखण्डको सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को १ ख ९३ नम्बरको अटोलाई विपरीत दिशाबाट जाँदै गरेको को १ ख ३५६६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बसले ठक्कर दिएको हो।

    प्रहरी नायब उपरीक्षक बमका अनुसार अटोमा चालकसहित पाँच जना सवार रहेकामा सबै घाइते भएका छन्। घाइतेलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकामा दुई जनालाई चिकित्सकले मृत घोषणा गरेका उनले जानकारी दिए।

    दुर्घटनामा अटो चालक बेलका नगरपालिका–५ का अन्दाजी २८ वर्षीय इन्द्र थापा, मोरङको विराटनगर महानगरपालिका–१२ का अन्दाजी १८ वर्षीय रोशन मगर घाइते भएका प्रहरी नायब उपरीक्षक बमले बताए। घाइते तिनै जनाको प्रतिष्ठानमा उपचार भइरहेको छ। 

    दुर्घटनापछि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले बस र चालक बेलका नगरपालिका–५ का अन्दाजी ३६ वर्षीय विक्रम थापालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend