मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

गरिमा हत्या प्रकरण, थप एक जना पक्राउ

गरिमा हत्या प्रकरण, थप एक जना पक्राउ

images
२०८३ भाद्र ८ गते, सोमवार
२०८३ भाद्र ८ गते, सोमवार
  • सिमरा। बाराको सिमरामा ३ वर्षीया गरिमा चौधरीको बलात्कार र हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

    images

    पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका घर भएका प्रदीप खड्का छन्। हालसम्म यो घटनाको छानबिनका लागि ९ जनालाई प्रहरीले पक्राउ गरिसकेजो छ।

    images

    जितपुर सिमरा उपमहानगरपालिका–१ मा गरिमा चौधरी भदौ २ गते मृत भेटिएकी थिइन्। घरबाट हराएको ३ दिनमा उनको शव फेला परेको थियो 

    गरिमाको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानको निष्कर्ष छ। घटना अनुसन्धानका शिलशिलामा अहिलेसम्म ९ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी मीन बहादुर घलेले जानकारी दिए।

    ‘अहिलेसम्म प्रदीप खड्का सहित ९ जना पक्राउ परेका छन्।’ डीएसपी घलेले भने।

    प्रहरीले घटनाको सबै कोणबाट अनुसन्धान जारी रहेजो जनाएको छ। गरिमाको भने अन्त्येष्टि गरिएको छ। सरकारले उनका परिवारसँग तीन बुँदे सहमति गरेपछि परिवारले बालिकाको शवको अन्त्येष्टि गरेको हो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend