मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

झापा, मोरङ र सुनसरीका औषधि व्यवसायीहरूको संयुक्त भेला

झापा, मोरङ र सुनसरीका औषधि व्यवसायीहरूको संयुक्त भेला

images
२०८३ भाद्र ६ गते, शनिवार
२०८३ भाद्र ६ गते, शनिवार
  • विराटनगर। नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) मोरङ शाखाको आयोजनामा झापा, मोरङ र सुनसरीका औषधि व्यवसायीहरूको संयुक्त भेला मोरङको रमितेमा सम्पन्न भएको छ।

    images

    बैठकले औषधि ऐन २०३५ को दफा ११ को उपदफा ३ र ५ सँग सम्बन्धित विषयमा केन्द्रित रहेर आन्दोलनलाई अघि बढाउने निर्णय गरेको छ। यसअघि भएको आन्दोलनलाई केन्द्रीय कार्यसमितिले निष्कर्षमा नपुर्‍याई बीचैमा रोकेको भन्दै तीनवटै जिल्लाका व्यवसायीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

    images

    नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकालले केन्द्रीय समितिको व्यवहारप्रति आपत्ति जनाउँदै आन्दोलनलाई पुन: सशक्त बनाइने बताए।

    ‘व्यवसायीका समस्यालाई सम्बन्धित निकायसम्म सही ढंगले पुर्‍याउन नसकिएको महसुस गर्दै हामीले चरणवद्ध आन्दोलनको निर्णय गरेका छौं,’ अध्यक्ष ढकालले भने, ‘हाम्रो व्यवसाय धराशयी हुँदै गएको छ, राज्यले हाम्रा गुनासो नसुनेमा हामी कडा आन्दोलनमा उत्रन बाध्य हुनेछौँ।’

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend