काठमाडौँ। काठमाडौँको बाँसबारीमा साँढे दुई तले पक्की घर भासिएको छ।
काठमाडौँ महानगरपालिका वडा नंं ३ बाँसबारीस्थित साँढे दुई तले घर वर्षाका कारण भासिएको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाका अनुसार सो घरमा कोही नरहकाले मानवीय क्षति भने भएको छैन
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाका अनुसार बिहीबार राति करिब सबा ८ बजे सो घर भासिएको जानकारी प्रहरीले पाएको थियो। उक्त घर हरि श्रेष्ठको हो।
निरन्तरको वर्षाका कारण घर भासिएको प्रारम्भिक चरणको बुझाइ रहेको प्रहरीले जनाएको छ। उक्त घरमा गेष्ट हाउस सञ्चालन हुँदै आएको थियो।



