मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

झापामा प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या दोब्बर भन्दा बढी

झापामा प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या दोब्बर भन्दा बढी

images
२०८३ भाद्र ४ गते, बिहिवार
२०८३ भाद्र ४ गते, बिहिवार
  • भद्रपुर। झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या दोब्बर भन्दा बढीले बढेको छ। 

    images

    सो अस्पतालमा आर्थिक वर्ष २०८२/८३ मा एक हजार ७०८ जनाले प्रसूति सेवा लिएका हुन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ७८७ जनाले मात्र सेवा लिएका थिए।

    images

    अस्पतालको तथ्याङ्क शाखाका सूचना संयोजक जेनिस घलेका अनुसार आर्थिक वर्ष २०८०/८१ मा अस्पतालबाट प्रसुती सेवा लिनेको संख्या ८१९ थियो। तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८२/८३ मा ७६५ जनाले सामान्य प्रसूतिमार्फत नवजात शिशु जन्माएका थिए भने ९२२ जनाले शल्यक्रिया सेवा लिएका थिए।

    अस्पतालमा प्रसूतिका क्रममा जटिलता देखिएका २१ जनाका लागि ‘भ्याकुम’ प्रविधिको प्रयोग गरिएको अस्पतालले जनाएको छ।

    कसरी बढ्यो संख्या?

    अस्पतालमा विशेषज्ञ जनशक्ति थपिनु, प्रसूति सेवामा सुधार हुनु तथा सरकारी अस्पतालप्रति सेवाग्राहीको विश्वास बढ्दै जानुले प्रसूति सेवा लिनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको अस्पताल प्रशासनको दावी छ।

    अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जयकुमार गुप्ताका अनुसार पछिल्लो समय प्रसूति सेवामा सेवाग्राहीको चाप बढेसँगै विशेषज्ञ जनशक्ति थप गरिएको हो।

    यसअघि डा एलिजा गौतम मात्र प्रसूति तथा स्त्रीरोग विशेषज्ञका रूपमा कार्यरत रहेकामा गत वर्ष डा विपा पोखरेल र चालु वर्षको असारदेखि डा एलिजा भट्टराई थपिएपछि अस्पतालमा हाल तीन जना प्रसूति तथा स्त्रीरोग विशेषज्ञले नियमित सेवा दिइरहेका छन्।

    अस्पताल प्रशासनले सरकारी स्वास्थ्य संस्थामा सेवा विस्तारसँगै सेवाको गुणस्तर सुधार हुँदा स्थानीय तथा आसपासका क्षेत्रका महिला निजी स्वास्थ्य संस्थाको सट्टा प्रादेशिक अस्पतालमा प्रसूति गराउन आकर्षित भएको जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend