मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कागेश्वरी मनोहरा नगर अस्पतालको मेसुमा डा. निवेश सुवेदी नियुक्त

कागेश्वरी मनोहरा नगर अस्पतालको मेसुमा डा. निवेश सुवेदी नियुक्त

images
२०८३ श्रावण २९ गते, शुक्रवार
२०८३ श्रावण २९ गते, शुक्रवार
  • काठमाडौँ। काठमाडौँको कागेश्वरी मनोहरा नगर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. दिवश बास्कोटा नियुक्त भएका छन्।

    images

    कागेश्वरी मनोहरा नगरपालिका तथा नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगर प्रमुख उपेन्द्र कार्कीले अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. बास्कोटालाई नियुक्त गरेका हुन्।

    images

    यसैगरी अस्पतालको सहायक मेसुमा डा. निवेश सुवेदीलाई नियुक्त गरिएको छ।

    अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै सुपरस्पेसियालिटी सेवा विस्तार, आधुनिक स्वास्थ्य उपकरण तथा नवीनतम प्रविधिको प्रयोग र डिजिटल स्वास्थ्य प्रणालीमार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिइएको छ।

    नगर प्रमुख कार्कीले नयाँ नेतृत्वसँगै नगर अस्पतालले स्वास्थ्य सेवामा थप फड्को मार्ने विश्वास गरिएको बताए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend