बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

औषधि ब्यवस्था विभागले भन्यो : अभाव रहेका औषधिको यथार्थ विवरण १० दिन भित्र उपलब्ध गराउनु

औषधि ब्यवस्था विभागले भन्यो : अभाव रहेका औषधिको यथार्थ विवरण १० दिन भित्र उपलब्ध गराउनु

images
२०८३ श्रावण २७ गते, बुधवार
२०८३ श्रावण २७ गते, बुधवार
  • काठमाडौँ। औषधि ब्यवस्था विभागले बजारमा अभाव भएका तथा उपचार सेवामा आवश्यक भई बजारमा उपलब्ध हुन नसकेका औषधिहरुको यथार्थ विवरण १० दिन भित्र उपलब्ध गराउन सरोकारवालालाई आग्रह गरेको छ।

    images

    विभागले बजारमा केही अत्यावश्यक औषधिको अभाव भएको समाचार विभिन्न संचार माध्यममार्फत सार्वजनिक भएपछि सबै अस्पताल, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, नागरिक तथा अन्य सरोकारवालालाई सूचना नै प्रकाशित गरेर विवरण उपलब्ध गराउन आग्रह गरेको हो। यसरी विवरण उपलब्ध गराउँदा आधिकारिक रुपमा संस्थागत पत्र अनिवार्य रुपमा संलग्न गर्न भनिएको छ। यस्तै विवरण अनलाइन प्रणाली मार्फत गुगल फाराम भरेर बुझाउन सकिने सूचनामा उल्लेख छ।

    images

    औषधिको अभावका कारण बिरामीको जीवन जोखिममा पर्ने, उपचारमा कठिनाइ उत्पन्न हुने, रोग निदानमा समस्या आउने तथा स्थायी अपांगतासमेत हुनसक्ने अवस्थालाई समयमै पहिचान गरि आवश्यक नियामकीय ब्यवस्था अबलम्बन गर्न औषधि अभाव सम्बन्धि सूचना संकलन गर्न आवश्यक रहेको विभागले भनेको छ।

    विभागले अत्यावश्यक औषधिको बजारमा सहज, नियमित तथा निरन्तर उपलब्धता सुनिश्चित गर्न तथा नेपालमा दर्ता नभएका वा सीमित रुपमा मात्र दर्ता भएका  औषधिहरुको दर्ता प्रक्रियालाई आवश्यकता अनुसार सहजीकरण गर्ने उद्देश्यले औषधिको अभाव सम्बन्धि सूचना नियमित संकलन गरिने ब्यवस्था रहेको पनि स्पष्ट पारेको छ।

    यस्तो छ सूचना:

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend