मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भक्तपुरको सुधार केन्द्रमा एक जनाको शंकास्पद मृत्यु

भक्तपुरको सुधार केन्द्रमा एक जनाको शंकास्पद मृत्यु

images
२०८३ श्रावण २४ गते, आइतवार
२०८३ श्रावण २४ गते, आइतवार
  • भक्तपुर। भक्तपुरको सुर्यविनायक–१ स्थित सुधार गृहमा राखिएका एकजनाको शंकास्पद मृत्यु भएको छ। सुधार केन्द्रमा रहेका सोही वडाका वर्ष ४१ का उमेश खड्गीको आइतबार बिहान मृत्यु भएको हो।

    images

    मदिराको लत छुटाउन भन्दै तीन दिन अघि सुधार केन्द्रमा राखिएका खड्गीकाे बारेमा आइतबार बिहान सञ्चालकले फोन गरेर घटनाबारे जानकारी गराएको परिवारका सदस्यहरूले बताएका छन्। घटनाबारे अनुसन्धान गर्न प्रहरीले सुधार केन्द्रका अध्यक्ष गौतम श्रेष्ठसहित ५ जनालाई पक्राउ गरेको छ।

    images

    सुधार केन्द्रमा बेहोस भएपछि खड्गीलाई मध्यपुर अस्पतालमा लगिएको र त्यहाँ मृत्यु भएको सञ्चालकले प्रहरीलाई बताएका छन्। मध्यपुर अस्पतालबाट उनको शव पोष्टमार्टमका लागी दुवाकोटस्थित केएमसी अस्पतालमा पठाइएको छ।

    घट्नाका सम्वन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। घट्नालाई लिएर मृतकका आफन्तले आइतबार बिहानैदेखि सुधारगृह अघि घेराउ गरेका थिए। त्यस क्रममा भिड नियन्त्रण गर्न दिनभरि प्रहरी परिचनलन गरिएको थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend