मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्वास्थ्य मन्त्री मेहता र ललितपुर महानगरका मेयर महर्जनबीच भेटघाट, स्वास्थ्य क्षेत्रबारे छलफल

स्वास्थ्य मन्त्री मेहता र ललितपुर महानगरका मेयर महर्जनबीच भेटघाट, स्वास्थ्य क्षेत्रबारे छलफल

images
२०८३ श्रावण २२ गते, शुक्रवार
२०८३ श्रावण २२ गते, शुक्रवार
  • काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनबीच शुक्रबार भेटवार्ता भएको छ।

    images

    शुक्रबार सिंहदरबारस्थित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको सो भेटवार्ताका क्रममा मानसिक अस्पताल, लगनखेल अगाडि निर्माण हुन लागेको अपांगमैत्री पुलसहित महानगरपालिका भित्रको समग्र स्वास्थ्य क्षेत्रका विषयमा छलफल भएको हो।

    images

    भेटवार्तामा ललितपुर महानगरपालिकाभित्र रहेका सरकारी अस्पतालको सेवा सुधारका लागि आवश्यक स्वास्थ्य उपकरण, पूर्वाधार विकास तथा संघीय सरकार र स्थानीय तहबीचको समन्वय र सहकार्यका विषयमा समेत छलफल भएको मन्त्री मेहताको सचिवालयले जनाएको छ।

    सो क्रममा मन्त्री मेहताले स्वास्थ्य संस्थाको सेवा सुधार र विस्तारलाई प्राथमिकतामा राखिएको बताएकी थिइन्।

    यस्तै महानगरपालिका प्रमुख महर्जनले मन्त्री समक्ष महानगर क्षेत्रका स्वास्थ्य संस्थाको सेवा सुधार तथा पूर्वाधार विकासमा महानगरकातर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend