मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

करदाता प्रोत्साहन उपहार : पहिलो १५ दिनको नतिजा सार्वजनिक

करदाता प्रोत्साहन उपहार : पहिलो १५ दिनको नतिजा सार्वजनिक

images
२०८३ श्रावण २२ गते, शुक्रवार
२०८३ श्रावण २२ गते, शुक्रवार
  • काठमाडौँ। सरकारले बजेटमार्फत घोषणा गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो १५ दिनको नतिजा शुक्रबार सार्वजनिक भएको छ।

    images

    आन्तरिक राजस्व विभागको आयोजनामा शुक्रबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले १५ जना १-१ लाख रुपैयाँका विजेता र १ जना १० लाख रुपैयाँ विजेता उपभोक्ता छनोट गरेका हुन्।

    images

    जसमध्ये १५ दिनको बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ विजेता बन्नेमा कञ्चनपुर पुनर्वास नगरपालिकाका हेमराज जोशी छन्। जोशीले शिवकृष्ण जेनरल स्टोर्सबाट सामान खरिद गरेका थिए। उनले गत साउन ७ गते २५० रुपैयाँ पर्ने सामान अनलाइन बैंकिङमार्फत क्युआर स्क्यान गरी खरिद गर्दा १० लाख रुपैयाँ जितेका हुन्।

    यसैगरी गत साउन ९ गते देवदह नगरपालिका मिलनचोकमा रहेको शुभसिद्धी सप्लायर्सबाट ९ सय रुपैयाँको तरकारी किनेकी रुपन्देहीकी सपना खरेलले १ लाख रुपैयाँ जितेकी छिन्।

    अर्थमन्त्री डा. वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई जना उपभोक्तालाई फोनमार्फत बधाई समेत दिएका छन्।

    उनीहरू दुवैजनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेले आफैँले फोन गरि विजेता बनेकोमा बधाईं दिए। सो क्रममा अर्थमन्त्री वाग्लेले सामान खरिद गरेपछि बिल लिने र बिल दिने संस्कारको विकास गर्न सबैलाई उत्प्रेरित गर्न विजेताहरुलाई आग्रह गरे।

    यस्तै अर्थमन्त्री वाग्लेले उनीहरुलाई आफूले किनेको सामानको बिल सुरक्षित राख्न पनि आग्रह गरे।

    साउन १ देखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका तथा नगदमा कारोबार गरी विभागको प्रणालीमा बिल पेस गरेका उपभोक्ता यस कार्यक्रममा सहभागी थिए।

    सरकारले घोषणा गरेको करदाता प्रोत्साहन कार्यक्रम यही साउन १ गतेबाट कार्यान्वयनमा आएको छ। अनलाइन माध्यमबाट वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता यो उपहार कार्यक्रममा स्वतः सहभागी हुने प्रणाली विकास गरिएको छ। तर, वस्तु तथा सेवा खरिद गरेपछि भ्याट तथा प्यान बिल भने अनिवार्य रूपमा लिनुपर्ने हुन्छ।

    यसैगरी, नगदमा वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले भने सक्कल भ्याट तथा प्यान बिल लिएपछि त्यसलाई आन्तरिक राजस्व विभागको उपहार पोर्टल (ttps://prize.ird.gov.np/) मा गएर दर्ता गराउनु पर्छ।

    सरकारले हरेक दिन एक जनालाई करकट्टी गरी १ लाख रुपैयाँ र प्रत्येक १५–१५ दिनमा २ जनालाई १०–१० लाख रुपैयाँ नगद प्रोत्साहन रकम उपलब्ध गराउनेछ।

    उपहार हरेक महिनाको १६ गते र महिनाको अन्तिम दिन घोषणा हुनेछ। एक लाख रुपैयाँको कुल उपहार रकम एक लाख ३३ हजार ३३४ मा २५ प्रतिशत करकट्टी गरेर विजेताले एक लाख नगद पाउने छन् भने १० लाख रुपैयाँको उपहारमा भने २५ प्रतिशत कर लाग्नेछ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend