मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

images
२०८३ श्रावण २१ गते, बिहिवार
२०८३ श्रावण २१ गते, बिहिवार
  • काठमाडौँ। नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह (सीए) नियुक्त भएका छन्।

    images

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले धनुषाका साहलाई निगमको प्रमुख कार्यकारी निर्देशकका रुपमा नियुक्त गरेको हो। 

    images

    साह निगमका पूर्वनिमित्त कार्यकारी निर्देशक समेत हुन्।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धा निगमको कार्यकारी निर्देशकका लागि गत असार २ गते दरखास्त आह्वान गरेको थियो।

    छनोट प्रक्रियामा साहसहित प्युठानका कौशल केसी र सप्तरीका सञ्जीव कुमार देव अन्तिम तीन जनाको सूचीमा परेका थिए भने कार्यकारी निर्देशक छनोटका लागि गठित सिफारिस समितिले गत साउन १७ गते सम्पन्न मूल्याङ्कनका आधारमा सर्वाधिक अंक प्राप्त गर्ने तीन जनाको नाम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सिफारिस गरेको थियो।

    उक्त तीन जना भैत्रैबाट मन्त्रिपरिषद्ले साहलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend