बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, ग्यासको यथावत

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, ग्यासको यथावत

images
२०८३ श्रावण १८ गते, सोमवार
२०८३ श्रावण १८ गते, सोमवार
  • काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। बढेको मूल्य आइतबार राति १२ बजेदेखि नै लागू भइसकेको छ। निगमका अनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि भएको छ।

    images

    निगमले पेट्रोल प्रतिलिटर तीन, डिजेल र मट्टितेल पाँच रुपियाँले वृद्धि गरेको छ। यस्तै, हवाई इन्धन आन्तरिकतर्फ २० र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले वृद्धि भएको छ। 

    images

    इण्डियन आयल कर्पोरेसनले ३१ जुलाई, २०२६ मा पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा २० रुपियाँ १९ पैसा, डिजेलमा ३९ रुपियाँ ६७ पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपियाँ छ पैसा बढेर आएको छ।

    नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको मूल्य काठमाडौँ, पोखरा र दिपायलमा  प्रतिलिटर २०० पुगेको छ  सुर्खेत र दाङमा १९९ कायम भएको छ।

    त्यस्तै, चारआली, विराटनगर, जकपुर, अमलेखगन्ज, भलवारी, धनगढी र वीरगन्जमा १९७ रुपियाँ ५० पैसा पुगेको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।

    यसअघि पेट्रोल प्रतिलिटर १९७ र डिजेल र मट्टितेल प्रतिलिटर १९५ रुपियाँ रहेको थियो। पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गर्दा पनि निगमलाई पाक्षिक रूपमा एक अर्ब ४९ करोड बराबरको घाटा हुने जारी विज्ञप्तिमा उल्लेख छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend