मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मोबाईल ब्यवसायी महासंघ मधेस प्रदेशमा नयाँ कार्यसमिति सर्वसम्मत

मोबाईल ब्यवसायी महासंघ मधेस प्रदेशमा नयाँ कार्यसमिति सर्वसम्मत

images
२०८३ श्रावण १३ गते, बुधवार
२०८३ श्रावण १३ गते, बुधवार
  • बर्दिवास। नेपाल मोबाइल ब्यवसायी महासंघको मधेश प्रदेस कार्यसमितिको अध्यक्षमा आकाश श्रेष्ठ चयन भएका छन।

    images

    महोत्तरीको बर्दिवासमा सम्पन्न प्रथम अधिवेशनमार्फत श्रेष्ठ नेपाल मोबाईल ब्यवसायी महासंघ मधेस प्रदेस कार्यसमितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा निर्वाचित भएको संस्थापक अध्यक्ष मोहन कार्कीले जानकारी दिए।

    images

    कार्कीका अनुसार अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सुदिप  भण्डारी, उपाध्यक्षमा मो. हमिद रेजा, महासचिवमा रमेश श्रेष्ठ, कोषाध्यक्षमा पदम घिमिरे तथा सचिवमा श्रीराम पौडेल निर्विरोध रुपमा निर्वाचित बनेका छन्।

    यसैगरी कार्यसमिति सदस्यहरूमा जयनाथ शाह, जितेन्द्र यादव, कृष्ण श्रेष्ठ, अरुण कुमार महतो, हरी कटुवाल, शंकर पौडेल, प्रेम कुमार श्रेष्ठ, आरिफ अन्सारी, सद्दाम रायन, राजेश कुमार शाह, राम सुदिष्ठ महतो चुनिएका छन्।

    महासंघका केन्द्रीय अध्यक्ष रमेश प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महासचिव छतेन्द्र आचार्य, संस्थापक केन्द्रीय अध्यक्ष भरत भट्टराई लगायतको सहभागिता थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend