मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौँमा ७ सय ३७ जना प्राथमिक उपचारक तयार

काठमाडौँमा ७ सय ३७ जना प्राथमिक उपचारक तयार

images
२०८३ श्रावण ९ गते, शनिवार
२०८३ श्रावण ९ गते, शनिवार
  • काठमाडौँ। नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाले आधारभूत प्राथमिक उपचार तालिमबाट ७ सय ३७ जना प्राथमिक उपचारक तयार गरेको छ।

    images

    काठमाडौं महानगर पालिकासँगको साझेदारीमा महानगरका ३२ वटै वडामा काठमाडौं जिल्ला शाखाले सञ्चालन गरेको आधारभूत प्राथमिक उपचार तालिमबाट ७ सय ३७ जना प्राथमिक उपचारक तयार पारिएको हो।

    images

    तालिम प्राप्त जनशक्तिमा महिला ५७१ र पुरुष १६६ जना छन्। शुक्रबार तालिमको समीक्षा एवं प्रशिक्षकहरूलाई प्रशंसा पत्र हस्तान्तरणका कार्यक्रमको आयोजना गरिएको थियो।

    नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाका सभापति श्यामकाजी डोटेलको सभापतित्वमा भएको कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, नेरेसो केन्द्रीय तदर्थ समितिका सदस्य प्रेम लामा, महानगर स्वास्थ्य विभाग प्रमुख दीपक कुमार केसी, नेरेसो बागमती प्रदेश महासचिव रामजी पौडेल, जिल्ला शाखा मन्त्री वृद्धिमान शाक्य, कोषाध्यक्ष लक्ष्मीरत्न तुलाधरलगायतको उपस्थिति थियो।

    समीक्षा  कार्यक्रममा तालिमका सहभागी, प्रशिक्षक, उपशाखा प्रतिनिधिहरूले विभिन्न सुझावहरु राखेका थिए। महानगरसँग सम्झौतापश्चात् ९४ दिनको अवधिमा नेरेसो काठमाडौं जिल्ला शाखाबाट महानगरका वडाहरूमा तालिम सञ्चालनका लागि परिचालन भएका १७ जना प्रशिक्षकहरूलाई कार्यक्रममा प्रशंसा पत्र प्रदान गरिएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend