मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा सरकारले युएनडीपीसँग विकास सहकार्य चाहेको छ: अर्थमन्त्री

बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा सरकारले युएनडीपीसँग विकास सहकार्य चाहेको छ: अर्थमन्त्री

images
२०८३ आषाढ ३१ गते, बुधवार
२०८३ आषाढ ३१ गते, बुधवार
  • काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा सरकारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) सँग विकास सहकार्य चाहेको बताएका छन्।

    images

    नेपाल र युएनडीपीबिच सहकार्य सुरु भएको ६० औँ वर्षगाँठको अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

    images

    उनले नेपालसँग ६० वर्षदेखि विकासका विभिन्न क्षेत्रमा सहकार्य गरेकोमा युएनडीपीलाई धन्यवाद पनि दिए।

    "गरिबी निवारण, असमानता न्यूनीकरण र दिगो विकास क्षेत्र देखि शिक्षा, स्वास्थ्यलगायतका कार्यमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको योगदान अविस्मरणीय छ। यहाँहरूलाई धेरै धेरै धन्यवाद," अर्थमन्त्री वाग्लेले भने, "आज ६० वर्ष पुगेको सहकार्य १०० वर्षसम्म रहोस् भन्ने कामना गर्दछु।"

    संयुक्त राष्ट्रसङ्घको छाताभित्र रहेर विकासका दीर्घकालीन सहकार्य गर्नु कति रकम लगानी भयो भन्नेमा मात्रै सीमित नरहेको भन्दै उनले एउटा विशाल अन्तरदेशीय सहकार्य र समन्वयको रूपमा यसलाई बुझ्न सकिने बताए।

    नेपालको पर्यावरण संरक्षण, लोकतन्त्रको सुदृढीकरण, युवालाई प्रोत्साहन र डिजिटल क्षेत्रमा पुर्‍याएको योगदानका लागि उनले युएनडीपीलाई धन्यवाद दिए।

    आफुले पनि यस संस्थामा जीवनको महत्त्वपूर्ण समय बिताएको पनि उनले स्मरण गरे।

    सो अवसरमा उनले युएनडीपीले नेपालमा गरेका कामहरूको तस्बिर कथा समेटिएको फोटो किताब "६० वर्षको सहयात्रा" सार्वजनिक पनि गरेका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend