मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पत्रकार महासङ्घ अध्यक्षको दाबी : प्रेस माथिको आक्रमणको घटना बढ्यो

पत्रकार महासङ्घ अध्यक्षको दाबी : प्रेस माथिको आक्रमणको घटना बढ्यो

images
२०८३ आषाढ २१ गते, आइतवार
२०८३ आषाढ २१ गते, आइतवार
  • काठमाडौँ। नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले नेपालमा संचार प्रेसमाथिको आक्रमणको घटना बढेको बताएकी छन्।

    images

    आइतबार ललितपुरमा आयोजित महासंघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले विगतको वर्ष भन्दा चालू आर्थिक वर्षमा प्रेस माथिको आक्रमणको घटना बढेको बताइन्।

    images

    अध्यक्ष शर्माले गत वर्ष ७६ वटा घटना भएकोमा यो वर्ष १३३ घटना महासंघको रेकर्डमा रहेको उल्लेख गरेकी हुन्।

    `नेपालमा गत वर्ष भन्दा प्रेस माथिको आक्रमणको घटना बढेको छ, गत वर्ष ७६ वटा घटना भएकोमा यो वर्ष १३३ घटना भएका छन्, यो भनेको दण्डहीनताको अवस्था बढेको हो, त्यो अवस्थाको अन्त्य होस।´ अध्यक्ष शर्माले भनिन्।

    उनले प्रेस स्वतन्त्रता हननका घटनामा सरकारलाई समेत जिम्मेवार बन्न आग्रह गरिन। सञ्चारमाध्यमप्रति हेर्ने सरकारको दृष्टिकोणमा सङ्कुचन आएको बताउँदै उनले सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउन जरुरी रहेको औंल्याइन।

    सिंहदरबारमा मन्त्रालयसम्म पत्रकार पुग्ने सामर्थ्य भएपनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गेटसम्म पनि पत्रकारहरू जान नपाउने अवस्था रहेको उनले बताइन्।

    अध्यक्ष शर्माले सरकारको विज्ञापन सम्बन्धि वर्तमान नीति खारेज गरेर सबै तहमा पत्राचार गर्न समेत माग गरिन। नभए महासंघको आन्दोलन सरकारको विरुद्धमा सशक्त बनाइने समेत उनले चेतावनी दिइन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend