मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मेघगर्जनसहित भारी वर्षाको सम्भावना

मेघगर्जनसहित भारी वर्षाको सम्भावना

images
२०८३ आषाढ १७ गते, बुधवार
२०८३ आषाढ १७ गते, बुधवार
  • काठमाडौँ । हाल नेपालभर मनसुनी वायुको बलियो प्रभाव देखिएको छ । 

    images

    जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा मनसुन विस्तार भएको छ।

    images

    हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ ।

    बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार बुधबार दिउँसो देशभर पूर्णतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

    देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

    त्यसैगरी, राति देशभर पूर्णतया बादल लाग्नेछ। देशको हिमाली भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशको पहाडी भूभागका केही स्थानमा र देशका तराई भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भूभाग एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

    नेपालमा साधारणतया जुन १३ तारिखमा पूर्वी भू-भागबाट मनसुन प्रवेश गरी एक हप्ताभित्र देशभर विस्तार हुने गर्दछ। तर यस वर्ष मनसुन सरदर मिति भन्दा ६ दिन ढिलो गरी असार ५ गते (जुन १९ तारिख) पूर्वी भू-भागबाट नेपाल भित्रिएको थियो।

    सुरुमा कोशी प्रदेशको केही भू-भागमा विस्तार भएको मनसुन असार ८ गते (जुन २२ तारिख) कोशीको बाँकी सम्पूर्ण भू-भाग, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानसम्म फैलिएको थियो। यस वर्ष देशभर मनसुन विस्तार हुन कुल १२ दिन लागेको छ 

    मौसम पूर्वानुमान महाशाखाले सबैलाई अद्यावधिक मौसम सूचनाको जानकारी लिई आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend