मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पेट्रोलको मूल्य लिटरमै २० रुपैयाँ घट्यो, ग्याँसको पनि घट्यो

पेट्रोलको मूल्य लिटरमै २० रुपैयाँ घट्यो, ग्याँसको पनि घट्यो

images
२०८३ आषाढ १७ गते, बुधवार
२०८३ आषाढ १७ गते, बुधवार
  • काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

    images

    मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाउने निर्णय गरेको हो। नयाँ मूल्यदर मंगलबार राति १२ बजेपछि लागू हुनेछ।

    images

    निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य घटाइएको छ। योसँगै अब काठमाडौंमा पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर १९७ रुपैयाँ र डिजेलको मूल्य १९५ रुपैयाँ कायम भएको छ।

    यसैगरी, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ। घटेको मूल्य अनुसार अब उपभोक्ताले एक सिलिन्डर ग्यास २०६० रुपैयाँमा खरिद गर्न पाउनेछन्। हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर ४० रुपैयाँले मूल्य घटाइएको छ।

    अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावट र भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्य अनुसार स्वचालित मूल्य प्रणाली बमोजिम यो समायोजन गरिएको निगमले जनाएको छ। निगमले ढुवानी दुरीका आधारमा देशका विभिन्न स्थानलाई तीन वर्गमा विभाजन गरी नयाँ मूल्य तोकिएको जनाएको छ। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend