काठमाडौँ। अल्टिमा लाइफस्टाइलले आफुलाई नेपालकै नम्बर एक `इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड´ बन्न सफल भएको दाबी गरेको छ।
अल्टिमाले आफुलाई देशकै अग्रणी स्वदेशी `ग्याजेट´ तथा `अडियो´ ब्रान्ड बन्न सफल भएको दाबी गर्दै नम्बर एक `इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड´ बन्न सफल भएको दाबी गरेको हो। उसले नेपाली बजारमा आफ्नो हिस्सा २० देखि २५ प्रतिशतसम्म रहेको र यो आम नेपाली प्रयोगकर्ताको उत्कृष्ट रोजाइ बन्न सफल भएको दाबी गरेको हो।
यो दाबी कसरी त? अल्टिमा लाइफस्टाइलका एक प्रतिनिधिका अनुसार `आफ्नो विक्री भोल्युम र बलियो वितरण नेटवर्कका आधारमा´ यस्तो दाबी गरिएको हो।
`नेपालको समग्र वेयरेवल्स र अडियो बजारमा करिब २० देखि २५ प्रतिशतको बलियो हिस्सा ओगट्दै अल्टिमाले ठुला विदेशी ब्रान्डहरुलाई पछि पारेर स्वदेशी उपभोक्ताको पहिलो रोजाइको ब्रान्डका रुपमा आफुलाई उभ्याएको छ।´ ती अल्टिमाका प्रतिनिधिले भने।
सो ब्रान्डको यो अभुतपुर्व वृद्धिलाई मुख्य उत्पादन विधाहरुको विक्रीले प्रमाणित गरेको उनको भनाइ छ।
यस्तो छ बजारको अवस्था
इयरबड्स (टीडब्लुएस) र स्मार्टवाच : कुल बजारमा २० देखि २५ प्रतिशत हिस्सा यी उत्पादनले ओगटेको अल्टिमाको दाबी छ।
आम उपभोक्ताको रोजाइ र पकेट सुहाउँदो किफायती बजेटका कारण यी उत्पादनमा उपभोक्ताको रोजाई बढी देखिएको छ। यसमा पनि तीन हजार मुनिका इयरबड्स र पाँच हजार मुनीका स्मार्टवाचमा ३० प्रतिशत भन्दा बढीको असाधारण हिस्सा रहेको अल्टिमा बताउँछ।

ब्लुटुथ स्पीकर :
नेपाल भरीका रिटेल पसलहरुमा अत्यधिक माग रहेको `साउन्डबक्स´ र `डाइनामाइट´ सिरिजहरुको बलियो उपस्थितिका कारण समग्र स्पिकर विधामा १५ देखि २० प्रतिशतको बलियो बजार हिस्सा देखिए अल्टिमाको दाबी छ। जसले उपभोक्ताले मनोरञ्जनमा पनि अल्टिमालाई सँगसँगै जोडेको देखिन्छ।

अल्टिमाको यो उचाइ कसरी?
यो ऐतिहासिक उपलब्धि यस्तो समयमा आएको छ जहाँ समग्र ग्याजेट बजारले आयात नीति र बढ्दो राजस्व भन्सार शुल्क जस्ता विभिन्न आर्थिक चुनौती हरुको सामना गरिरहेको छ।
आफ्नो उत्कृष्ट आन्तरिक ब्यवस्थापन, कठोर गुणस्तर परीक्षण मापदण्ड र किफायती मुल्यमा प्रीमियम विशेषताको अवधारणालाई कायम राख्दै ती चुनौतीहरुलाई बजार नेतृत्वमा परिणत गर्न सफल भएको अल्टिमा बताउँछ।
`यो कोशेढुंगा केवल अल्टिमाको मात्र होइन, यो समग्र अल्टिमा आर्मी र स्वदेशी उत्पादन तथा नेपाली पहिचानलाई विश्वास गर्ने प्रत्येक नेपाली उपभोक्ताहरुको साझा जित हो´ अल्टिमा लाइफ स्टाइलका ती प्रतिनिधिले भने।
अल्टिमाले आगामी उत्पादनहरुमार्फत समेत नेपालका हरेक नागरिकका लागि प्रीमियम, भरपर्दो र आधुनिक प्रविधि सहजै उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
त्यसका लागि आगामी आर्थिक वर्षमा अल्टिमा लाइफस्टाइलले आफ्नो बजार उपस्थितिलाई अझ व्यापक बनाउने योजना बनाएको छ।
क्षेत्रीय टियर-१ वितरकहरु, राष्ट्रिय रिटेल चेनहरु र दराज लगायत आफ्नै ईकमर्स च्यानलहरुको माध्यमबाट देशका कुना कन्दरासम्म पुगेको अल्टिमाले छिट्टै नयाँ प्रत्यक्ष अनुभव कक्ष र परिष्कृत युनिफाइड मोबाइल एप इकोसिस्टम मार्फत ग्राहकहरुलाई अझ उत्कृष्ट प्रविधि सेवा प्रदान गर्ने जनाएको हो।
स्वदेशी प्रविधि बजारलाई नयाँ उचाई दिने उद्देश्यका साथ स्थापित अल्टिमाले अन्तर्राष्ट्रिय मापदण्डका स्मार्टवाच, इयरबड्स, पोर्टेवल स्पिकर र चार्जिङ एसोसरिजहरु नेपाली उपभोक्ताका आवश्यकता र चाहना अनुरुप बजारमा उपलब्ध गराउँदै आइरहेको छ।




