काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र सुरु भएको छ।
रास्वपाको महाधिवेशन चितवनको भरतपुरमा असार ७ गतेदेखि जारी छ। जारी महाधिवेशनमा आजबाट बन्दसत्र सुरु भएको हो। प्रतिनिधिको नाममा विवाद हुँदा सोमबार सुरु हुने भनिएको बन्दसत्र रोकिएको थियो।
अहिले बन्दसत्रमा सहभागी हुन रास्वपाका शीर्ष नेताहरु बन्दसत्र हुने हलमा पुगिसकेका छन्। बन्दसत्रलाई सभापति रवि लामिछानेले घण्टी बजाएर सुरुवात गर्दै सम्बोधन गरेका छन्।
वरिष्ठ नेता रहेका बालेन्द्र शाह भने बन्दसत्रमा सहभागी छैनन्। नेताहरु स्वर्णिम वाग्ले, मनिष झा, शिशिर खनालसहितका नेताहरू भने सहभागी हुन बन्दसत्रमा पुगिसकेका छन्।
बन्दसत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले महाधिवेशनको बन्दसत्र रास्वपा प्रतिको भरोसालाई आधिकारिकता दिने अवसर भएको बताए। उनले आफूहरूलाई नागरिकले विश्वास गरेको उल्लेख गर्दै परिणाम दिनुपर्नेमा जोड दिए।



