मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा हुन सक्ने

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा हुन सक्ने

images
२०८३ आषाढ ३ गते, बुधवार
२०८३ आषाढ ३ गते, बुधवार
  • काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images

    जसको प्रभावका कारण आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराईका थोरै स्थान र मधेश प्रदेशका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।

    images

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने केही स्थानमा तातो दिन रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।

    आज राति कोशी, गण्डकी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। कोशी प्रदेशको तराईका पनि एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना  रहेको महाशाखाले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend