मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्कूटरमा काठमाडौं ल्याइदै गरेको ८ किलो सुन हेटौंडाबाट बरामद

स्कूटरमा काठमाडौं ल्याइदै गरेको ८ किलो सुन हेटौंडाबाट बरामद

images
२०८१ आश्विन १९ गते, शनिवार
२०८१ आश्विन १९ गते, शनिवार
  • काठमाडौं। जनकपुरबाट हेटौंडा हुँदै काठमाडौं ल्याउन लागिएको आठ किलो भन्दा बढी सुन प्रहरीले बरामद गरेको छ।

    images

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार प्रहरीले चेकजाँचका क्रममा हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेबाट सो परिमाणको सुन बरामद गरेको हो।

    images

    ‘हेटौंडा १५ रातोमाटे चौकीमा जेकजाँचका क्रममा ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुन बरामद गरिएको छ, सुनसँगै दुई जना भारतीय नागरिक पक्राउ परेका छन्, सुन काठमाडौं लैजान लागिएको प्रारम्भिक अनुसन्धानले देखाउँछ,’ मकवानपुरका प्रहरी उपरीक्षक खड्काले भने।

    प्रहरीले सुनसहित भारतीय नागरिकहरु २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाललाई पक्राउ गरिएको जनाएको छ।

    सो सुनको बजार मुल्य ११ करोड ४३ लाख भन्दा बढी पर्छ। प्रहरीका अनुसार उनीहरुले पुर्व पश्चिम सडक खण्ड पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरलाई शनिबार विहान ३ बजे रोकी चेकजाँच गर्ने क्रममा सुन बरामद भएको थियो।

    शंका आधारमा स्कुटर रोकी चेकजाँच गर्दा शरीरका विभिन्न भागमा बाँधेर र टेपले टाँसेर लुकाएर बिस्कुटको आकारका आठ थान सुन ल्याउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई भेटेको थियो।

    प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले जनकपुरबाट सुन लिएर पथलैयासम्म बस आएको खुलेको छ। पथलैयाबाट भने उनीहरू स्कुटरमा हेटौंडातर्फ आउँदै गरेको र सो सुन काठमाडौंको गौशालामा पुर्याएर्र बुझाउने तयारी रहेको पाइएको छ।

    पक्राउ परेका दुबै जनालाई राजश्व अनुसन्धान कार्यालय पथलैया पठाउने तयारी प्रहरीको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend