मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

images
२०८३ आषाढ २ गते, मंगलवार
२०८३ आषाढ २ गते, मंगलवार
  • काठमाडौँ। हाल नेपालको मौसमीय प्रणालीमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images

    सोही प्रभावका कारण हाल देशको हिमाली र पहाडी भूभागका साथै कोशी प्रदेशको तराई भूभागमा साधरणतया बादल तथा मधेस प्रदेशमा आंशिक बादल लागेको छ। 

    images

    महाशाखाका अनुसार आज दिउसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। यस्तै मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा, मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराई भूभागको एक–दुई स्थानमा पनि चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना छ।

    आज राति देशको हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल तथा अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    यस्तै कोशी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend