मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सातै प्रदेशमा वर्षा, मौसम छिटै फेरबदल

सातै प्रदेशमा वर्षा, मौसम छिटै फेरबदल

images
२०८३ आषाढ १ गते, सोमवार
२०८३ आषाढ १ गते, सोमवार
  • काठमाडौँ। नेपालको मौसममा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखासँगै स्थानीय वायु र पूर्वीय वायुको समेत आंशिक प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण फरक-फरक भू-भागमा छिटै मौसम फेरबदल भइरहने देखिएको छ।

    images

    हाल देशको हिमाली र पहाडी भू-भागका साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली भएको छ भने बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

    images

    यस्तै हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानहरूमा र कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली भू-भाग र कोशी प्रदेशको पहाडी भू-भागमा साधारणतया बादल लाग्ने देखिन्छ। देशका अन्य पहाडी भू-भागका साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ।

    महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा पानी पर्ने सम्भावना छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुनुका साथै हिमपातको समेत सम्भावना रहेको महाशाकाको भनाइ छ।

    पहाड र हिमालमा मात्र नभई कोशी प्रदेशको तराईका थोरै स्थानहरू र मधेस प्रदेशको पनि एक-दुई स्थानमासमेत मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने मौसमविद्को भनाइ छ।

    यसैगरी पश्चिम तराईमा भने गर्मीले जनजीवन प्रभावित पार्ने देखिएको छ। महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा सोमबार तातो दिन हुने सम्भावना छ। ती क्षेत्रमा अत्यधिक गर्मी बढ्ने र तातो हावा चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend