मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

चट्याङ्गसहित वर्षाको सम्भावना, सातै प्रदेशमा बिहानैदेखि बादल

चट्याङ्गसहित वर्षाको सम्भावना, सातै प्रदेशमा बिहानैदेखि बादल

images
२०८३ जेठ ३१ गते, आइतवार
२०८३ जेठ ३१ गते, आइतवार
  • काठमाडौँ। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images

    सोही प्रभावका कारण हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत सुदूरपश्चिमका हिमाली र पहाडी भूभागमा बादल लागेको छ। यस्तै मधेस प्रदेशमा आंशिक बादल लागेको छ भने सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा छ।

    images

    महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। बाँकी पहाडी तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल रहनेछ। कोशी प्रदेशका केही स्थानहरू,  देशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरू तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

    आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend