मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कक्षा १२ को नतिजा असार पहिलो साता, बिदाको दिनमा पनि बोर्ड पुग्दै कर्मचारी

कक्षा १२ को नतिजा असार पहिलो साता, बिदाको दिनमा पनि बोर्ड पुग्दै कर्मचारी

images
२०८३ जेठ २८ गते, बिहिवार
२०८३ जेठ २८ गते, बिहिवार
  • काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा असारको पहिलो साता सार्वजनिक गर्ने तयारी गरेको छ। 

    images

    हाल बोर्डले उत्तर पुस्तिका परीक्षण र समपरीक्षणको काम  सकेर टेबुलेसनको काम सुरु गरेको छ। बोर्डले यसपटक देशभर थप ४५ वटा उत्तरपुस्तिका परीक्षण केन्द्र थप गर्दै उत्तरपुस्तिका परीक्षण गरेको थियो।

    images

    परीक्षा सकिए लगत्तै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जतिसक्यो छिटो नतिजा दिने गरि काम गर्न बोर्डलाई निर्देशन दिएका थिए। सोही निर्देशन अनुसार परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनको आवश्यक तयारी गरिरहेको छ। यसपटक ४५ दिन भित्र नतिजा दिने गरि बोर्डले तयारी गर्दै आइरहेको छ।

    परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कार्ययोजनाअनुसार काम भइरहेको र असारको पहिलो साता नतिजा सार्वजनिक गरिने जानकारी दिए।

    परीक्षा नियन्त्रक शर्माका अनुसार उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको कार्य सम्पन्न भइसकेको छ भने हाल विद्यार्थीको प्राप्तांक इन्ट्री र म्याचिङको काम भइरहेको छ। नतिजा समयमै निकाल्न कर्मचारीहरू बिदाको दिनमा पनि कार्यालय पुगिरहेका छन् भने विहान बेलुकीको समयमासमेत खट्दै आइरहेका छन्।

    वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी थिए। जापानको एभरेस्ट स्कुलबाट पनि ३९ जना विद्यार्थी परीक्षामा सामेल थिए।

    परीक्षामा नियमिततर्फ ५ हजार ३३९ विद्यालयका ३ लाख ३२ हजार १७८ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। जसमध्ये १ लाख ७२ हजार १२ छात्र, १ लाख ६० हजार १३७ छात्रा र २९ अन्य परीक्षार्थी रहेका छन्। यस्तै आंशिकतर्फ ८५ हजार ८ सय ३० विद्यार्थी रहेका थिए।

    जिल्लागत रूपमा सबैभन्दा कम मनाङमा ३१ र सबैभन्दा बढी काठमाडौँमा ६४ हजार ३३८ परीक्षार्थी सहभागी भएका थिए। देशभर १ हजार ४२० र जापानमा १ गरी कुल १ हजार ४२१ परीक्षा केन्द्र तोकिएको थियो। सबैभन्दा बढी काठमाडौँमा १६१ र सबैभन्दा कम मनाङ र मुस्ताङमा १–१ केन्द्र निर्धारण गरिएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend