मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सातै प्रदेशमा हुनसक्छ चट्याङ्गसहित वर्षा, तराईमा तातो लहर

सातै प्रदेशमा हुनसक्छ चट्याङ्गसहित वर्षा, तराईमा तातो लहर

images
२०८३ जेठ २२ गते, शुक्रवार
२०८३ जेठ २२ गते, शुक्रवार
  • काठमाडौँ। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images

    जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल र तराई भूभागमा मुख्यतया सफा रहेको छ। 

    images

    आज दिउँसो कोशी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने छ भने तराई भूभागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ।

    यसैगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा, मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।

    मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा मध्यम तातो लहर हुनुका साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको महाशाखाको भनाइ छ।

    आज राति कोशी प्रदेश लगायत देशको हिमाली भूभागमा साधरणतया बादल, पहाडी भूभाग तथा मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशको थोरै स्थानहरूमा र मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र  कर्णाली  प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा  हल्का वर्षाको सम्भावना छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend