बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

करको दर बढ्ने सूचनापछि `बीवाईडी´को बदमासीको आशंका : ७७५ वटा ईभी गाडी पहिल्यै भन्सार पास!

करको दर बढ्ने सूचनापछि `बीवाईडी´को बदमासीको आशंका : ७७५ वटा ईभी गाडी पहिल्यै भन्सार पास!

बीवाईडी ल्याउने कम्पनी भन्छ : कानुनको पालनामा प्रतिबद्ध छौं, छानबिनमा सघाउँछौं

images
२०८३ जेठ २१ गते, बिहिवार
२०८३ जेठ २१ गते, बिहिवार
  • काठमाडौं। विद्युतीय सवारी साधनमा करको दर बढाउने सूचना पाएपछि वजेट भाषण अगावै ठुलो संख्यामा बीवाईडी ब्राण्डका सवारीसाधनहरु नेपाल भित्राइएको आशंका गर्दै सशस्त्र प्रहरीले सो कम्पनीका सवारीसाधनहरु नियन्त्रणमा लिएको छ।

    images

    नेपाल–चीन सीमा नाका (कोरला) हुँदै भित्रिएका बीवाईडी ब्राण्डका ७७५ वटा विद्युतीय सवारीसाधन (ईभी) गाडी सो आशंकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

    images

    सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले विद्युतीय सवारीसाधनमा लाग्ने करको दर परिवर्तनसम्बन्धी सूचना बजेटअघि नै चुहिएको आशंकासहित ती सवारीसाधन नियन्त्रणमा लिइएको जानकारी दिए।

    बुधबार राति कास्कीदेखि मुस्ताङसम्मका विभिन्न सडक खण्डमा जाँच अभियान सञ्चालन गरी सशस्त्र प्रहरीले ती सवारीसाधनलाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएका सबै गाडी बीबाईडी ब्रान्डका छन्।

    नियन्त्रणमा लिइएका अधिकांश सवारीसाधन नम्बर प्लेटविहीन अवस्थामा विभिन्न जिल्लातर्फ लैजाँदै गरिएको थियो। 

    ‘करको दर हेरफेर भएको सूचना लिक भएको आशंका छ, थप छानबिनका लागि सवारीसाधन नियन्त्रणमा लिइएको हो, छानबिनबाट भन्सार प्रक्रिया, कर निर्धारण तथा बजेटअघिको आयात गतिविधिमा कुनै अनियमितता भएको पुष्टि भए सम्बन्धित व्यक्ति तथा निकायमाथि कानुनी कारबाही अघि बढ्छ।’ सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता भट्टले एक्सरे नेपालसँग भने।

    उनले नियन्त्रणमा लिइएका सबै सवारीसाधन आवश्यक छानबिनका लागि सम्बन्धित निकायलाई जिम्मा लगाइएको पनि जानकारी दिए।

    आफ्नो ब्रान्डका सवारीसाधन नियन्त्रणमा लिएको सूचनापछि बिहीबार बीवाईडीले भने कानुनको पालनामा प्रतिबद्ध रहेको धारणा सार्वजनिक गरेको छ। उसले नेपाल सरकारका प्रचलित कानुन, भन्सार सम्बन्धि नियमावली तथा प्रक्रिया अनुसार पुर्णरुपमा आयात तथा जाँचपास गरिएको दाबी गरेको छ।

    नेपालमा बीवाइडी ब्रान्डका सवारीसाधन साइमेक्स इंकले आयात गर्दै आइरहेको छ। सो कम्पनीले आर्थिक वर्ष २०८३/०८४ को वजेट सार्वजनिक हुनुअघि नेपाल भित्रीएका तथा भन्सार जाँचपास भएका विद्युतीय सवारीसाधन सम्बन्धमा विभिन्न संचारमाध्यम तथा सार्वजनिक वृत्तमा भएका चासो प्रति ध्यानाकर्षण भएको जनाएको छ।

    `कानुनको पालना, पारदर्शिता तथा नैतिक ब्यवसायिक अभ्यास प्रतिको आफ्नो अटल प्रतिबद्धता पुन: व्यक्त गर्न चाहन्छौं।´ साइमेक्स इंकले भनेको छ।

    सो कम्पनीले जेठ ८ गतेदेखि जेठ १३ गतेसम्म ६४९ वटा बीवाईडी ब्रान्डका सवारीसाधन चीन तर्फको भन्सार हुँदै कोरोला नाकाबाट नेपाल ल्याइएको जनाएको छ। यस्तै २२६ वटा सवारीसाधन रसुवातर्फको चीनको भन्सार क्षेत्रमा आइपुगेको र भन्सार जाँचपास प्रक्रिया बाँकी रहेको उल्लेख गरेको छ।

    तर सशस्त्र प्रहरीले उपलब्ध गराएको तथ्यांक भने बीवाईडी आयात गर्ने कम्पनीको तथ्यांकसँग मिल्दैन। सशस्त्र प्रहरीले कोरोला नाका हुँदै ल्याइएका ७७५ वटा सवारीसाधन नियन्त्रणमा लिइएको भनेको छ।

    सरकारले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८३।०८४ को बजेटमार्फत विद्युतीय सवारीसाधनसम्बन्धी कर संरचनामा हेरफेर गरेको छ। सोही परिवर्तनबाट लाभ लिन बजेटअघि ठूलो संख्यामा सवारीसाधन आयात गरिएको हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाइएको स्रोतले जनाएको छ।

    विद्युतीय गाडीको ब्रान्ड बीवाईडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले साइमेक्स इंकले सरकारी निकायसँग समन्वय गरी कर परिवर्तनबाट वचन खोजेको वा कुनै अनुचित लाभ लिएको भन्ने आरोप पुर्णतः निराधार र असत्य रहेको बताउँदै आयात तथा भन्सार सम्बन्धि सम्पुर्ण कागजात सम्बन्धित निकायलाई उपलब्ध गराउन तयार रहेको र वैधानिक अनुसन्धान वा छानबिनलाई स्वागत गर्ने जानकारी दिइन्।

    बीवाईडीको आयात गर्ने कम्पनी साइमेक्स इन्कको विज्ञप्ति यस्तो छ

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend